जिल्ला
आयुर्वेद स्वास्थ्य केन्द्र वि.सं. २०५८ सालमा
सिन्धुपाल्चोक जिल्लाको वडा नं ५ मा स्थापना भएको थियो ।त्यस पश्चात् जिल्ला
आयुर्वेद स्वास्थ्य केन्द्रको रुपमा निरन्तर सेवा प्रदान गर्दै आएको छ ।संघियता
लागू भए पछि बागमति प्रदेश सरकारको मातहतमा रहेर सेवा दिंदै आएको छ ।बागमति प्रदेश
सरकार, मुख्यमन्त्री तथा
मन्त्रिपरिषद्को मिति २०८०/०९/०३ को निर्णय अनुसार
स्वीकृत संगठन संरचना र दरबन्दि तेरिजमा साविकका जिल्ला आयुर्वेद स्वास्थ्य
केन्द्रलाई आयुर्वेद तथा बैकल्पिक चिकित्सालय नामाकरण गर्ने भनी उल्लेख
छ ।सोही बमोजिम पहिला ७ जनाको स्विकृत दरबन्दिमा सञ्चालनमा रहेको जिल्ला आयुर्वेद
स्वास्थ्य केन्द्र हालमा ९ जनाको दरबन्दि सहित आयुर्वेद तथा बैकल्पिक चिकित्सालयको
नामबाट निरन्तर सेवा प्रदान गरिरहेको छ ।