परिचय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र वि.सं. २०५८ सालमा सिन्धुपाल्चोक जिल्लाको वडा नं ५ मा स्थापना भएको थियो ।त्यस पश्चात् जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको रुपमा निरन्तर सेवा प्रदान गर्दै आएको छ ।संघियता लागू भए पछि बागमति प्रदेश सरकारको मातहतमा रहेर सेवा दिंदै आएको छ ।बागमति प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को मिति २०८०/०९/०३ को निर्णय अनुसार स्वीकृत संगठन संरचना र दरबन्दि तेरिजमा साविकका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई आयुर्वेद तथा बैकल्पिक चिकित्सालय नामाकरण गर्ने भनी उल्लेख छ ।सोही बमोजिम पहिला ७ जनाको स्विकृत दरबन्दिमा सञ्चालनमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र हालमा ९ जनाको दरबन्दि सहित आयुर्वेद तथा बैकल्पिक चिकित्सालयको नामबाट निरन्तर सेवा प्रदान गरिरहेको छ ।

© 2025 Copyright : आयुर्वेद तथा बैकल्पिक चिकित्सालय , चौतारा, सिन्धुपाल्चोक,नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd.