कार्यालको प्रमुख कार्यहरु

आयुर्वेद तथा बैकल्पिक चिकित्सालयले प्रदान गर्ने सेवाहरु :-

. उपचारात्मक सेवा कार्यक्रमहरु:

      नियमित नि:शुल्क स्वास्थ्य परीक्षण

      चिकित्सकको प्रेषण बमोजिम नेपाल सरकार, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागबाट निर्दिश्ट २३ प्रकारका अत्यावश्यक आयुर्वेद औषधीहरु नि:शुल्क वितरण

      आवश्यकता अनुसार रोग निदान एवं उपचार व्यवस्थापनको लागि सुविधा सम्पन्न अस्पतालमा प्रेषण

      पूर्वकर्म (अभ्यङ्ग, स्वेदन, शिरोधारा आदि)

. स्वास्थ्य प्रवर्धनात्मक कार्यक्रमहरु

Ø  ज्येष्ठ नागरीकका लागि स्वास्थ्य सेवा प्रवर्धन कार्यक्रम जस अन्तर्गत अश्वगन्धा चूर्ण, आमलकि चूर्ण, महानारायण तैल, पञ्चकर्म सेवा आदि पर्दछन् ।

Ø  ६ महिनासम्मका सुत्केरी आमाहरुलाई मातृशिशु सुरक्षार्थ दुग्धवर्धक आयुर्वेद औषधी वितरण तथा प्रवर्धन कार्यक्रम जस अन्तर्गत कुरिलो चूर्ण, ज्वानो चूर्ण, दशमूल तैल आदि पर्दछन्

. जीवनशैली व्यवस्थापन सम्बन्धी कार्यक्रमहरु

Ø  स्वस्थकर आहार विहार सम्बन्धी परामर्श

Ø  बिभिन्न रोग अनुसार सेवन गर्न हुने र नहुने आहार विहार सम्बन्धी परामर्श

Ø  स्वस्थ रहन र रोग अनुसारको योग प्रशिक्षण (आसन, प्राणायाम, आदि)

. प्रयोगशाला सेवा

Ø  आवश्यकता अनुसार नि:शुल्क रुपमा रगत, दिशा, पिसाव परिक्षण

.  स: शुल्क फार्मेसी

Ø  कतिपय अवस्थामा नेपाल सरकारबाट प्रदान गरिने नि:शुल्क औषधीहरु मात्र बिरामीको लागि पर्याप्त नहुने हुँदा अन्य आयुर्वेद औषधीहरु उपलब्ध गराउनको लागि स:शुल्क फार्मेसी पनि सञ्चालनमा रहेको छ । ५३ प्रकारका औषधीहरु उपलब्ध रहेका छन् ।

. अक्युपञ्चर सेवा

      जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा प्राय जसो हाड जोर्नी दुखाईका बिरामी आउने गर्दछन् । यस्तै दुखाई व्यवस्थापनको साथै अन्य बिभिन्न रोगहरुमा अक्युपञ्चर सेवा प्रभावकारी देखिएको छ ।

. जनचेतना जगाउने एवं समुदायमा गरिने स्वास्थ्य कार्यक्रमहरु

      जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा मात्र नभएर बिभिन्न समुदायमा गएर आयुर्वेदको चेतना बढाउने, समुदायलाई स्वस्थ जीवनशैलीको बारेमा जानकारी दिई सो अपनाउन प्रेरित गर्ने जस्ता कार्यक्रमहरु पनि बजेट कार्यक्रममा निर्दिष्ट भए अनुसार गर्ने गरिएको छ

      जस्तै विद्यालयमा गएर शिक्षक तथा विद्यार्थीहरुलाई आयुर्वेद र योगको बारेमा कक्षा सञ्चालन गर्ने,  महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेदको बारेमा अभिमुखीकरण गर्ने, आदि

. मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम

      नसर्ने रोग खास गरी मुटु तथा रक्तनली, दम, मधुमेह, क्यान्सर र सो बाट हुने मृत्युदर घटाउने

      बागमति प्रदेशमा स्वस्थ व्यक्तिमा नसर्ने रोगहरु र तिनका जोखिमहरु समयमा नै पहिचान गरी उचित परामर्श, स्वस्थ व्यवहार, परिक्षण, निदान र उपचार गरी नसर्ने रोग जटिल हुन नदिने

      प्रत्येक मङ्गलबार बिहान ८:०० बजे देखी (जि..स्वा.के.)

      प्रत्येक दिन कार्यालय समयमा (नागरिक आरोग्य सेवा केन्द्रमा)

. पथ्य आहार कार्यक्रम

      सेवाग्राहीहरुका लागि पथ्य खाजाको व्यवस्था गर्ने

      ऋतु अनुसारको पथ्य आहार खाजाको रुपमा प्रदान गर्ने

      प्रत्येक मङ्गलबार बिहान ८:०० बजे देखी

© 2025 Copyright : आयुर्वेद तथा बैकल्पिक चिकित्सालय , चौतारा, सिन्धुपाल्चोक,नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd.