जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, सिन्धुपाल्चोकले प्रदान गर्ने सेवाहरु

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, सिन्धुपाल्चोकले निरन्तर रुपमा सेवाग्राहीहरु माझ आफ्नो सेवा प्रवाह गर्दै आइरहेको छ ।

१.     उपचारात्मक सेवा

Ø  नियमित निशुल्क स्वास्थ्य परीक्षण

Ø  चिकित्सकको प्रेषण बमोजिम नेपाल सरकार, आयुर्वेद तथा बैकल्पिक चिकित्सा बिभागबाट निर्दिष्ट अत्यावश्यक आयुर्वेद औषधीहरु निशुल्क वितरण

Ø  आवश्यकता अनुसार रोग निदान एवं सुविधा सम्पन्न अस्पतालमा प्रेषण

Ø  पूर्वकर्म/ पञ्चकर्म (अभ्यङ्ग, स्वेदन, शिरोधारा)

२.     स्वास्थ्य प्रवर्धनात्मक कार्यक्रमहरु

Ø  ज्येष्ठ नागरीकका लागि स्वास्थ्य सेवा प्रवर्धन कार्यक्रम जस अन्तर्गत अश्वगन्धा चूर्ण, आमलकि चूर्णमहानारायण तैल, पञ्चकर्म सेवा आदि पर्दछन् ।

Ø  छ महिनासम्मका सुत्केरी आमाहरुलाई मातृशिशु सुरक्षार्थ दुग्धवर्धक आयुर्वेद औषधी वितरण तथा प्रवर्धन कार्यक्रम जस अन्तर्गत कुरिलो चूर्णज्वानो चूर्णदशमूल तैल आदि पर्दछन् ।

३.     जीवनशैली व्यवस्थापन सम्बन्धी कार्यक्रमहरु

Ø  स्वस्थकर आहार विहार सम्बन्धी परामर्श

Ø  बिभिन्न रोग अनुसार सेवन गर्न हुने र नहुने आहार विहार सम्बन्धी परामर्श

Ø  स्वस्थ रहन र रोग अनुसारको योग प्रशिक्षण (आसनप्राणायामआदि)

४.     शुल्क फार्मेसी

Ø  कतिपय अवस्थामा नेपाल सरकारबाट प्रदान गरिने नि:शुल्क औषधीहरु मात्र बिरामीको लागि पर्याप्त नहुने हुँदा अन्य आयुर्वेद औषधीहरु उपलब्ध गराउनको लागि स:शुल्क फार्मेसी पनि सञ्चालनमा रहेको छ ।

५.     अक्युपञ्चर सेवा

Ø  जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा प्राय जसो हाड जोर्नी दुखाईका बिरामी आउने गर्दछन् ।यस्तै दुखाई व्यवस्थापनको साथै अन्य बिभिन्न रोगहरुमा अक्युपञ्चर सेवा प्रभावकारी देखिएको छ । यसैले यस केन्द्रमा जन समुदायको स्वास्थ्य उपचार अझ बढी प्रभावकारी बनाउनको लागि अक्युपञ्चर सेवा पनि शुरुवात गरिएको छ ।

६.     जनचेतना जगाउने एवं समुदायमा गरिने स्वास्थ्य कार्यक्रमहरु

Ø  जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा मात्र नभएर बिभिन्न समुदायमा गएर आयुर्वेदको चेतना बढाउनेसमुदायलाई स्वस्थ जीवनशैलीको बारेमा जानकारी दिई सो अपनाउन प्रेरित गर्ने जस्ता कार्यक्रमहरु पनि बजेट कार्यक्रममा निर्दिष्ट भए अनुसार गर्ने गरिएको छ । जस्तै विद्यालयमा गएर शिक्षक तथा विद्यार्थीहरुलाई आयुर्वेद र योगको बारेमा कक्षा सञ्चालन गर्ने महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेदको बारेमा अभिमुखीकरण गर्नेस्वास्थ्य शिविर सञ्चालन गर्ने आदि कार्यक्रमहरु हुने गरेका छन् ।


© 2024 Copyright : जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय , काठमाडौं ,नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd.